ताथलीमा ५९ जनाले गरे रक्तदान

75

भक्तपुर । भक्तपुरको ताथलीमा गरिएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।
ताथलीकाे दक्षिणकाली युवा समूहकाे आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ पुरूष र ३ महिलाले रक्तदान गरेका थिए ।
वडा दशैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडवाडकाे अवसरमा ताथलीकाे गाेठालेचाैरस्थित बस्नेत स्टाेरमा साे कार्यक्रम गरिएको समूहका अध्यक्ष सुरेशराज गिरिले बताए ।
उनले बढ्दाे रगतकाे अभावलाई पूर्ति गर्न समूहको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गरिएको बताए ।