राजनीतिभित्र पनि आध्यात्मिक चिन्तनको आवश्यक : इन्द्र बानियाँ 

27

भक्तपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेश सभा सदस्य इन्द्र बानियाँले राजनीतिमा आध्यात्मिक चिन्तनको आवश्यकता रहेको बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा जारी श्रीमद भागवत सप्ताहको समापन कार्यक्रममा उहाँले राजनीतिमा पनि आध्यात्मिक चिन्तनको आवश्यकता रहेको बताउनुभएको छ ।

सत्य मार्गमा लाग्नु धर्म हो असत्यको पछि लाग्नु अधर्म हो भन्दै उहाँले सत्य मार्गमा लाग्दै आध्यात्मिक चिन्तनका साथ राजनीति लैजाने हो भने हामी सफल हुन सक्ने समेत बताउनुभएको थियो ।

उहाँले भागवत श्रवण मात्र हैन यो भित्रका कथा आज भन्दा ५ हजार वर्ष पहिला हाम्रो समाज कस्तो थियो भन्ने चित्रण गर्ने बताउँदै आज हामीले के गर्नु पर्छ भन्ने भागवतले मार्ग निर्देश गर्ने समेत उहाँले बताउनुभएको थियो । ज्ञान र विज्ञानले भरिपूर्ण दर्शन तथा विज्ञान हो भागवत हिजो व्रम्हास्त्रको कुरा थियो अहिले आणविक बमको कुरा छ जसले पनि विश्व ध्वस्त हुने नै हो हिजो पुस्तक विमानको कुरा थियो अहिले विमानको कुरा छ ५ हजार  वर्ष पहिला नै हिन्दु धर्म बौज्ञानीक र आधुनिक भई सकेको थियो । उहाँले भन्नुभयो ।

अहिले हिन्दु धर्मलाई कर्मकाण्डी रूपमा मात्र हेर्ने हैन यसलाई ज्ञान तथा विज्ञानको रूपमा हेर्नु पर्ने उहाँको धारणा रहेको थियो ।