राशीफल

527
९ जेठ २०७४, मंगलवार , द्वादशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक दायित्व बढ्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धेरैले तपाइको कामको तारिफ गर्नेछन । साथीभाईको सहयोगमा महत्वपूर्ण काम सफलता मिल्नेछ । प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा सफलता पाउन धेरै मेहनत गर्नुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खदा राम्रो हुनेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा चुनौतिको सामना गर्नुपर्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा बिजयी हुनेछ । बिनाकारण विवाद बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले काममा सफलता मिल्नेछ । सोचेको काम बिस्तारै भए पनि सफल हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक काममा रुची बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य कमजोर रहनाले काम गर्ने जाँगरमा कमी आउनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट राम्रो आम्दानी हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा लाभ मिल्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । परिवारको साथले उत्साहित भइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामको चापबाट फुर्सद मिल्नेछ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्नेछ । साझेदारी काममा झमेला आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सेवामूलक कामबाट धनलाभ हुनेछ । सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ ।