स्वास्थ्य सेवा हुँदा खाने गरिब वर्गका लागि उपलब्ध गराउन लागि परेको छुः प्रदेश स्वास्थ्यमन्त्री जोशी

100

काठमाडौं। वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हुने खानेका लागि मात्र नभएर हुदा खानेको लागि पनि स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताएका छन्।

नेपाल चिकित्सक संघको आयोजनामा आईतबारदेखि राजधानीमा सुरु भएको तेश्रो एनएमए नेशनल हेल्थ समिटको उद्घाटन समारोहमा बोल्दै प्रदेश स्वास्थ्य मन्त्री जोशीले यस्तो बताएका हुन्।

त्यसैगरी उनले जनताको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न तिनै तह एकजुट हुनुपर्ने बताए। जोशीले स्वास्थ्य सेवालाई सरल र सहज बनाउन आफू लागिपरेको दावी गरे।

वागमती प्रदेशले एक निर्वाचन क्षेत्र एक स्वास्थ्य संस्था सबलिकरण कार्यक्रम ल्याएको भन्दै दुर्गममा प्रोत्साहन भत्ता दिएर भएपछि सेवा उपलब्ध गराउने उनले बताए।

सम्मलेन सोमबार सम्पन्न हुने छ। ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्धनः अवसर र चुनौती’ भन्ने मुख्य थिम सहित भोलि सम्म चल्ने एनएमए-नेशनल हेल्थ समिट-२०२३ मा सम्मेलनमा स्वास्थ्य सेवा प्रवर्धनका आज विभिन्न ४ वटा विषयमाथि बहस भएको थियो। सम्मेलनमा स्वास्थ्य क्षेत्रका ३०० भन्दा बढीको सहभागिता रहेको थियो।