प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौला सम्मानित

78

 

बाबुकाजी श्रेष्ठ
मध्यपुर थिमि । स्व. वैकुण्ठ हरि श्रेष्ठ स्मृति प्रतिठानले प्रगतिवादी साहित्यकार, समालोचक, वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई स्व. वैकुण्ठहरि श्रेष्ठको ९० औं जन्म जयन्तीको अवसरमा सम्मान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रगतिवादी साहित्यकार एवं प्रगतिशील कवि योगेन्द्र प्रधानले पानसमा दीप प्रज्वन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा लामो समय सम्म नेपाली जनतालाई प्रगतिवादीको चेतना आगृत गर्ने, समाजको कुरितिलाई बदल्न र हक अधिकारका लागि आवाज बुलन्द गर्ने प्रेरणा दिने प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौलालाई रू. ५१ हजार नगद पुरस्कार सहित दोसला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कवि मातृका पोखरेल, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र ४ नं. वडाअध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले मन्तव्य राख्दै साहित्यकार संग्रौलाको बारेमा चर्चा गरेका थिए ।“स्व. वैकुण्ठहरि श्रेष्ठको सिद्धान्त र पथमा लाग्नु आजको आवश्यकता हो” उहाँले भन्नभयो । अहिले देश र राष्ट्र खतरामा छ, पूँजीवाद र साम्राज्यवादको चरम हावी हुँदै गएको छ, त्यसै हामी प्रगतिवादीहरुले सचेतना फैलाउनु पर्ने खाँचो छ त्यसैले प्रगतिवादी पक्षलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।”
प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले कार्यक्रम संचालन गर्नु भएको थियो भने सोही दिन बिहान मध्यपुर थिमि निगूपुखू (दुईपोखरी)मा रहेको स्व. वैकुण्ठ हरि श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । उक्त माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका कार्य समिति सदस्यहरु, गण्यमान्य वर्ग, वडा नं. ४ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।