मधेस र मेधेसीको आवाज उठाउँदै आएका उज्वल झा समाजवादीमा प्रवेश

92

महोत्तरी । मधेस र मेधेसीको आवाज वुलन्द बनाउँदै आएका युवा नेता उज्वल झा जनता समाजबादी पार्टी प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा पनि निकै लोप्रिय रहेका झा आसन्न निर्वाचनमा दोस्रो भएका थिए । झिनो मतान्तरका साथ पराजय भएका युवा नेता झा जनता समाजवादीमा प्रवेश गरेसँगै उक्त क्षेत्रमा खुसियाली छाएको छ ।
महोत्तरी जिल्लाको क्षेत्र ३ को प्रदेश २ मा स्वतन्त्र उम्मेदवारका रुपमा उनी खडा भएका थिए । जनता समाजवादी पार्टीमा प्रवेश गर्दै उनले आफू सधै मधेस र मधेसी जनताको लागि आवाज उठाउँदै आएको र निरन्तर आवाज उठाउने प्रतिवद्धताका साथ आफ्नो पहिलो प्राथमिकतामा जनता समाजबादी पार्टी रहेको बताए।

महोत्तरीको क्षेत्र ३को प्रदेश २ मा रानी कुमारी तिवारीले ६४१४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी रहेका उज्वलले भने ५४८९ मत ल्याएका थिए।

महोत्तरी जिल्ला एकडारा गाउँपालिका १ पाठशाला चौकमा जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति महोत्तरीको आयोजनामा भएको भव्य पार्टी प्रवेश कार्यक्रममा उनी समाजवादी प्रवेश गरेका हुन् । जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्ब उप प्रधानमन्त्री एंब पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले झा जस्ता युवा पार्टीमा भएमात्र मधेस र मधेसीको माग पुरा गर्न सकिने बताएका थिए ।

त्यस्तै कार्यक्रममा पुर्ब कृषि मन्त्री हरि नारायण यादव , सुरेन्द्र कुमार यादव , केन्द्रिय सद्स्य राजकिशोर यादव , केन्द्रिय सद्स्य कृष्ण शंकर साह , केन्द्रिय सद्स्य नागेन्द्र प्रसाद यादव , केन्द्रिय सद्स्य रबिन्द्र ठाकुर , केन्द्रिय सद्स्य राम नरेस राय , केन्द्रिय सद्स्य श्याम कुमार यादव , केन्द्रिय सद्स्य रमेश कुमार महतो , केन्द्रिय सद्स्य धर्मेन्द्र कुमार साह , केन्द्रिय सद्स्य एब प्रादेशिक अस्पताल जलेश्वरका अध्यक्ष मिनु झा लगायत महोत्तरी जिल्लाका विभिन्न पालिकाबाट जनता समाजबादी पार्टी नेपालबाट निर्वाचित जन प्रतिनिधिहरु तथा पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।