राजेश दिदिया
काठमाडौँ । भारतमा समलिङ्गी विवाहलाई सर्वोच्च अदालतले नै मान्यता नदिएको अवस्थामा नेपालमा भने सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिँदै दर्ता प्रक्रिया सहज गराएसँगै
नेपालमा पहिलो पटक समलिङ्गीको विवाह दर्ता भएको छ।
लामा समय देखि विवाह दर्ताका लागि लागि परेको जोडी लमजुङ दोर्दी गाउँपालिका २ का रामबहादुर गुरुङले नवलपरासी कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाहले अन्त तह कानुनी मान्यता पाएको छ । यो सँगै रामबहादुर र सुरेन्द्रको जोडी नेपालको पहिलो समलिङ्गी विवाह दर्ता हुने जोडी भएको छ । उनीहरूको विवाह कानुनी रूपमा दर्ता भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
यसअघि समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरुङ भन्ने सञ्जीव गुरुङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले समलिङ्गी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो।
राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको थियो ।
सोही अनुरूप उनीहरूको विवाह दर्ता भएको छ ।
पहिलो समलिङ्गी जोडीका रूपमा रामबहादुर र सुरेन्द्रको जाडीले कानुनी मान्यता पाएको प्रति समलिङ्गीका लागि काम गर्दै आएका विभिन्न सङ्घ संस्थाहरूले खुसीयाली मनाएका छन् ।