नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. सुनिल कुमार जोशी

40

राजेश दिदिया

काठमाडौं । नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. सुनिल कुमार जोशी र महासचिवमा डा. गुणनिधि शर्मा निर्विरोध चयन भएका छन् । यसअघि समाजको अध्यक्ष डा. नरेश प्रताप केसी रहेका थिए।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. नास्तु शर्मा, सह- सचिवमा डा. गजानन्द भण्डारी र कोषाध्यक्षमा डा. मुरारी मान श्रेष्ठ चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा डा. भीमसिंह टिंकरी, डा. चुमनलाल दास, डा. आशा पुन, डा. दुर्गा भण्डारी र डा. अनुज भट्टचन चयन भएका छन्।

नयाँ कार्यसमितिले नेपालको स्वास्थ्य प्रणाली सुधारमा नेपाल सरकारलाई आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।