काठमाडौं । ललितपुर महानगरपालिकास्थित झम्सिखेलमा प्रहरीले गोली प्रहार गरी एकजनालाई पक्राउ गरेको छ ।
झम्सिखेल-३ ठाडो ढुंगामा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारी उदयपुरका ४५ वर्षीय अविनाश राईलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले कटुवा पेस्तोलसहित लागुऔषध बरामद गरेको छ ।
गोली लागेर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।








































