सुशासनमैत्री बन्दै गोकर्णेश्वर

58

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका सुशासन मैत्री नगरपालिका बन्दै गएको छ । नगरपालिकाले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई सुशासनको अनभूती दिलाउने गरी नियमित कार्य सम्पादन गर्दै आएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सेवाग्राहीलाई सुशासनको अनुभूती दिलाउने गरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार नगरपालिका सहजरुपमा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी नगर प्रवक्ता, सूचना प्रविधि अधिकृतको व्यवस्था गरिएको, नगरपालिकाका निर्णय ओइभसाइड र फेकबुक पेजमा राखी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिने गरिएको छ ।


प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले अहिले वडास्तरीय योजना पनि धमाधम कार्यान्वयन भइरहेको भन्दै अब नगरस्तरीय योजना पनि कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । आगामी वैशाखभित्र सबै योजना सम्पन्न गर्ने गरी नगरपालिकाले कामलाई तीब्रदा दिएको जानकारी दिनुभयो ।
अहिले नगरपाकिलामा विकास निर्माण र सुशासन सँगसँगै अगाडि बढाइएको छ । नगरपालिकाले गत असारमा सम्पन्न नगर सभाबाट पारित गरेका वार्षिक नीति, कार्यक्रम र बजेट अहिले धमाधम कार्यान्वयन भइरहेका छन् भने सुशासन कायम गर्ने विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।
अहिले नगरसभाले पारित गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयन भइरहेको, नगर कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि कर्मचारीलाई निर्देशन प्रदान गर्ने गरिएको, सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ हुने गरिएको, योजना कार्यान्वयको अनुगमन हुने गरिएको अनुगमनबाट प्राप्त गुनासाको सम्बोधन गर्ने गरिएको पन्थीले बताउनुभयो ।