गोकर्णेश्वरमा पी वान र पी टु गरी योजना कार्यान्वयन

56

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले पी वान र पी गरी योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गरेको छ । नगर प्रमुख दीपक रिसालले चालु आर्थिक वर्षमा सञ्चालित योजनालाई पहिलो प्राथमिकताको आधारमा पी वान र पी टु गरी योजना कार्यान्वयनमा उच्च प्राथमिकता दिएको जानकारी दिनभयो ।
प्राथकिताका आधारमा योजना कार्यान्वन गर्दा नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।
प्राथमिकताका आधारमा योजना कार्यान्वयन हुने भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ का लागि कार्यान्वयन गर्नुपर्ने योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न लागेको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।
गत असारमा चालु आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजित गरेको नीति, कार्यक्रम र बजेटको समिक्षा गर्दै चालु आर्थिक वर्षमा निर्धारित समयमा नै योजना सम्पन्न गर्ने गरी सभाले निर्णय गरेको नगरपालिका प्रमुख रिसालले बताउनुभयो ।
चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनका बारेमा समिक्षा गरिएको, चालु वर्षमा सञ्चालन गर्नुपर्ने योजना स्वास्थ्य संस्थाका भवन, सडक, पुल खानेपानी लागयतका भौतिक पूर्वाधार निर्माणको अवस्थाको बारेमा छलफल गरी योजना कार्यान्वयनमा अप्ठ्यारो परेका योजनालाई नगरपालिकाले थप सहजिकरण गर्ने गरी नगर सभाले निर्णय गरेको उहाँको भनाइ छ ।
नगरपालिकाले खानेपानीका योजना प्रभावकारी कार्यान्वयन गर्ने गरी प्राथमिकता दिएको, मेलम्ची खानेपानी आयोजनाको पानी गोकर्णेश्वर नगरपालिका हुँदै जाने भएकाले मेलम्चीको पानी नगरबासीलाई सहज उपलब्ध गराउने गरी काम गरिरहेको छ ।
सबै वडामा खानेको व्यवस्था छ तर वडा नं. ९ मा मेलम्चीको पानी आउने ट्याङ्की नै भएकाले उक्त क्षेत्रमा खानेपानीको दुई करोड ५७ लाखको योजना रोकिएकाले उक्त योजनालाई नगरपालिकाले सहजिकरण गरेर अगाडि बढाइएको छ ।
नगरपालिकाले खानेपानी बाटो, स्वास्थ्य संस्थाको भवन लागयतका भौतिक पूर्वाधारलाई पहिलो प्राथकितामा राखेका छौं उहाँले भन्नुभयो, भौतिक पूर्वाधारको काम सम्पन्न भएपछि मात्र अन्य काम गर्ने योजना नगरपालिकाको छ ।
चालु बजेटमा फजुल खर्च कटौति गरिएको छ । स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।