नछोएरै सामूहिक बलात्कार ! दर्ता भयो पहिलो केस

87

काठमाडौं– बेलायतमा ‘मेटाभर्स’मा बलात्कारको भएको भन्दै पहिलो मुद्दा दर्ता भएको छ । अनलाइन मेटाभर्समा १६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पीडित नाबालिगले ‘अनलाइन मेटाभर्स’ को गेममा उनको अवतारलाई केही व्यक्तिले सामूहिक बलात्कार गरेको बताएकी छिन् । जसकाकारण नाबालिग स्तब्ध र डराएको बताइएको छ ।

उनले वास्तविक संसारमा यौन शोषण भइरहेका बेला भर्चुअल संसारमा पनि यस्तै समस्या भोग्नुपरेको बताएकी छिन् । मेटाभर्सको भर्चुअल संसारमा यस प्रकारको बलात्कारको यो पहिलो घटना भएको बताइएको छ । बालिकाले बलात्कार पीडित जस्तै मानसिक यातना सहनु परेको छ ।

ती १६ वर्षीया नाबालिगले इमर्सिभ गेममा भर्चुअल रियालिटी (भीआर) हेडसेट प्रयोग गरिरहेकी थिइन् । यसै क्रममा उनीमाथि आक्रमण भएको डेली मेलको रिपोर्टमा उल्लेख छ ।

बेलायती अधिकारीहरुलाई उद्धृत गरिएको उक्त रिपोर्टमा पीडितलाई कुनै शारीरिक हानी नभएको तर घटनाले उनलाई परेको भावनात्मक र मनोवैज्ञानिक असरलाई गम्भीर रूपमा लिएको उल्लेख छ ।

पहिलो भर्चुअल यौन अपराध भएकाले प्रहरीलाई पनि अनुसन्धान गर्न समस्या भइरहेको छ । यस्तो अपराधका लागि कानूनमा व्यवस्था नभएकाले नयाँ चुनौती खडा भएकोे अधिकारीहरू बताउँछन् ।