Home समाचार सय वर्षमा ७ रेक्टर र ५ सय वर्षपछि ८ रेक्टरको भूकम्प
काठमाडौं । विक्रम संवत १९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा ठूलो विनाशकारी भूकम्प गएको थियो । यो भूकम्पले पुर्याएको क्षति र भूकम्पबाट बच्न अपनाउनुपर्ने विषयमा सचेतता अपनाउने लक्ष्यसहित २०५५ सालदेखि हरेक वर्ष नेपालभर माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आइरहेको छ ।
सामान्यतया ३ रेक्टर स्केलभन्दा माथिका पराकम्पनमात्र मानिसले थाहा पाउने गर्छन् भने त्यसभन्दा तलका पराकम्पनहरु थाहा नपाउने गरी आउनेजाने गर्छन् ।
नेपालमा भूकम्पीय इतिहासलाई हेर्दा हरेक पाँच सयदेख हजार वर्षका फरकमा ८ रेक्टर स्केलका भूकम्प र सय वर्षका फरकमा ७ रेक्टर स्केलका भुकम्प जाने गरेको विज्ञहरु बताउँछन् ।
खानी तथा भुगर्भ विभागको भूकम्प मापन केन्द्रले भूकम्पको जोखिम तथा चुनौतीका विषयमा धेरै अध्ययन गरेको छ ।
अध्ययनका दुई पाटा छन् । पहिलो नेपालका कुन क्षेत्रमा भूकम्प जाने सम्भावना छ । यसको जोखिम के छ , भन्ने हो भने अर्को यो भूकम्पले कति क्षति पुर्यायो । र यसबाट बच्न अपनाउनुपर्ने विषय तथा पूर्व तयारी अर्को पाटो हो ।
त्यसबारे बुझ्न सबैभन्दा पहिले भुकम्प कुन क्षेत्रबाट कति रेक्टरको भूकम्प जान्छ भन्नेबारे बुझ्न जरुरी छ । त्यो गएका भूकम्पहरु कति वर्षका अन्तरालमा जान सक्छ ।
‘अहिलेसम्मको अनुसन्धानबाट ५ सयदेखि हजार वर्षको अन्तरालमा ८ रेक्टरमाथिका भूकम्प जाने गरेको पाइन्छ’ , ‘८ भन्दामुनिका भुकम्प डेढदेखि दुईसय वर्षको हाराहारीमा देखिन्छ ।’
भौगर्भिक हिसाबले भूकम्प जाने कारण
पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरुले बनेको छ जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ । नेपाल भौगोलिक रुपमा भारतीय महादीप र एसिएन महादिपको बिचमा अवस्थित छ ।
तिब्बतमा रहेको स्याङ्पो नदी जसलाई ब्रम्हपुत्रको शीर मानिन्छ । कैलाश पर्वतबाट पूर्वतिर बग्ने यो नदी र सोही स्थानबाट पश्चिमतिर बग्छ इन्डस्ट नदी । त्यो पाकिस्तानमा गएर जोडिन्छ ।
दुई नदीले एसियाली र भारतीय प्लेट जुध्छन् । जुधेको ठाउँमा चट्टान एक–आपसमा माथि चढ्ने, छिद्र बन्ने बाङ्गिने र पहाड बग्ने स्थितिको सिर्जना हुन्छ ।
त्यो भनेको हिमालय पर्वत भएको स्थान हो । पर्वत भएको ठाउँमा तलको चट्टान भारतीय उपमहादेश र नेपालको दक्षिणतर्फको अमलेगञ्ज र हेटौडामा २ सेन्टिमिटर का दरले जमिन तल घुर्सिरहेको छ ।
‘२ सेन्टिमिटरको दरले जमिन प्रतिवर्ष घुर्सिदा एउटा सतहमा गएर घुर्सिएको शक्ति सञ्चित भएर बसिरहेको छ’ ‘किनभने पुरै जमिन घुस्रिन पाउँदैन यसले पहाडहरुलाई सोरेर उत्तरतर्फ लैजान्छ र बाङ्गिन्छ त्यही बाङ्गिएको भागको उचाइ बढ्छ र दोब्रिएको जमीन अधिकत्तम विन्दूमा पुगेपछि शक्तिलाई थामिराख्न सक्दैन र फुट्छ ।’
यदी सय वर्षको अन्तरालमा त्यो फुटेमा ६ रेक्टर स्केलसम्मका भूकम्प जान्छन् भने ५ सयभन्दा माथिको समयमा फुटेमा ८ रेक्टर स्केलभन्दा माथिका भूकम्प जाने गरेको हामी पाउन सक्छौं ।
भारतीय उपमहाद्धीप कतिको दरले कुन ठाउँमा कति घुस्रिरहेको त्यसको आधारमा जमीन फुट्न सक्छ ।
भूकम्पीय पराकम्पन जान थालेको धेरै वर्ष बितेपनि कहिले जान्छ र कहाँ जान्छ भन्ने कुराको पूर्वानुमान लगाउन मुस्किल छ ।
भूकम्प यो ठाउँमा जान सक्छ भनेर अनुमान गर्न चाहिँ सकिने भुकम्प विदहरु बताउँछन् । उनीहरु भन्छन् भन्छन्, ‘भूकम्प कुन ठाउँमा जान्छ र कुन ठाउँमा गएको छैन भनेर अनुमान गर्न सकिन्छ तर कुन वर्ष जान्छ, कति नोक्सानी होला भनेर अनुमान गर्न सकिन्छ ।’
पूर्वानुमान गर्दा कति नोक्सानी पार्ला भनेर भूकम्पीय दृष्टिकोणले अनुसन्धान गरेर बगेको १३ किलोमिटरको पहाड बोकेर दक्षिणतिर बगायो । त्यो सतह कस्तो छ , कति डिग्रीमा मात्रामा ढल्केको छ , भन्ने कुरा अध्ययनबाट निकाल्न सकेमा भोलिका दिनमा कति ठूलो जोखिम हुन्छ भन्ने बारे अनुमान लगाउन सकिने भुकम्प विदहरुको भनाइ छ ।
सातसय वर्षको अन्तरालमा गएको १९९० को भूकम्प
नेपालको भूकम्पको इतिहासमा सबैभन्दा विभत्स र विनाशकारी वि.स. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रविन्दू बनाएर गएको ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पार्यो ।
सोही भूकम्पमा परी ३ हजार ८५० पुरुष र ४ हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनाको ज्यान गुमाए । घर, विद्यालय, देवलाय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
२०७२ सालको भूकम्प
त्यस्तै वि.स. २०७२ साल वैशाख १२ गते शनिवार गएको विनाशकारी भूकम्पमा परी ८ हजार ५५६ जनाको ज्यान गुमाए । २२ हजार ३०९ जना घाइते भए ।
गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको यो भूकम्पमा निजी आवास, शैक्षिक संस्था, सांस्कृतिक सम्पदाहरु ध्वस्त भए ।
०७२ सालको भूकम्पमा ३२ जिल्लाका १० लाख घरमा क्षति पुगेको थिए भने अहिले ती ६० प्रतिशत घरहरु निर्माण भइसकेका छन् ।
भूकम्प जाँदा कसरी सावधानी अपनाउने
भनाइ नै छ–‘जतिबेला पर्यो त्यति बेलै टर्यो ।’ हरेक कालखण्डमा समस्या पर्छ परुन्जेल सम्झिने र अर्को कालखण्डमा पुग्दा बिर्सने समस्या भइरहेको छ । भूकम्पका बारे सावधानी ‘नेपालको परिप्रेक्ष्यमा भूकम्प जाने स्थान, चिरा परेको जमिन जुन क्षेत्र क्रियाशिल छन् त्यहाँ ठूला संरचना बनाउनुहुँदैन ।’
त्यसैगरी भूकम्पका दृष्टिले जमिन सक्रिय भएको स्थानमा बस्नु हुँदैन । सतर्कता लिनुपर्छ ता कि नोक्सानी नहोस् । सर्वसाधरणले पनि भूकम्पले जमिन हल्लाएको थाहा पाउनासाथ सुरक्षितस्थान तर्फ जानुपर्छ ।
भूकम्पका बारेमा जनमासमा पहुँच राम्रोसँग नपुगेको ‘हिमालय पर्वतमा भूकम्प कसरी जान्छ यसको उद्गम विन्दू कहाँ–कहाँ छ उद्गम विन्दूबाट भूकम्प जाँदा कतिको ठूलो असर पार्छ मानिसलाई बुझाउन सकेमा मानिस ढुक्क भएर तयारीका साथ बस्न सक्छ ।’
Related