क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ– एनआरएनए क्यानडा 

113
शिशिर सिंखडा, टोरण्टो ।  “क्यानडामा अहिले नेपाली नयाँ विद्यार्थीहरूको अवस्था अत्यन्तै भयावह छ । तपाई हामीले सोचेको भन्दा पनि धेरै“ , एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने । कलिला साना साना भाइ बहिनीहरू जसले नेपाल हुँदा खाना सम्म बनाउन परेन ।
एउटा ठुलो सपना बोकेर नेपाल छोडी आएका छन् । यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिब २५ लाख रुपैयाँको ऋणको बोझ । बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न “काम पाइस् कि नाई”अर्को तिर  कलेजको फी तिर्नुपर्ने दिन नजिकिँदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी भाइ बहिनी भान्जा भान्जी टाउको भरि यत्रो समस्या बोकेर हिँड्दा  मानसिक समस्या मा त छैनन् ? उनीहरू लाई खाना खायो कि खाएन , पढाई को कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौँ जागिर को तनाव नदिँउ, जागिर पाए पछि गर्छन् उनी हरूलाई झनै पिर छ आफ्नो भविष्यको, ज्ञवालीले भने ।
एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरूका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए । विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौँ, उनले बताए । क्यानडामा विद्यार्थीलाई  पूरा समय काम गर्ने अनुमति छैन, हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ उनले भने ।
काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन्, पढाई को अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ अध्यक्ष दुलालले भने । करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केही काम पाउन सहज भए पनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिभावकले विद्यार्थीलाई कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गरेका छन् ।
यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए । हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरूलाई नेपाली विद्यार्थीहरूको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेका छौँ, उनले भने । बढ्दो विद्यार्थीको चापले काम पाउन कठिन भएको अध्यक्ष दुलालले बताए ।