भक्तपुरमा रोकी राखेको निशान मिनी ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

218

भक्तपुर :- 
मध्यपुर थिमि–४, चारदोवाटोस्थित आकाशे पुल नजिक मंगलवार राती मोटरसाइकल अनियन्त्रित भई रोकी राखेको निशान मिनी ट्रकमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जनामा गम्भिर घाईते भएका छन ।
भक्तपुरबाट काठमाण्डौंतर्फ जाने लेनमा टायर पन्चर भई बाटोको साईडमा रोकी राखेको बागमती ५ ख. २५१ नं. को निशान मिनी ट्रकमा सोही दिशाबाट आँउदै गरेको प्रदेश नं. ३ –०२–००९ प ७००७ नं. को मोटरसाइकल अनियन्त्रित भई ठोकिँदा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २४ वर्षिय सुमन भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका भुजेललाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) बसन्त पाठकले बताउनुभयो ।
घटनामा मोटरसाइकलमा पछाडी सवार सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २० वर्षिया सोफिया ठकुरी घाईते भएका छन । उनको भक्तपुर ईन्टरनेशनल अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताउनुभयो । दुर्घटना भएको सवारी साधन प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको र निशान गाडी चालक फरार रहेकोले खोजी कार्य भईरहेको उहाँले बताउनुभयो ।