भक्तपुरमा पनि दि मुग्लान रेस्टुरेन्टको शाखा विस्तार

52

भक्तपुर । दि मुग्लान रेस्टुरेन्टले अस्ट्रेलिया र पोखरापछि पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायरनजिकै पनि आफ्नो शाखा विस्तार गरेको छ ।

अस्ट्रेलियामा १४ वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गरिरहेको नेपाली व्यवसायीको समूहले ६ वर्षअघि पोखरामा शाखा विस्तार गरेकामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहित भक्तपुरमा पनि अर्काे शाखा सञ्चालनमा ल्याएको हो । जसको भोलि १८ देखि २० माघसम्म ‘ग्रान्ड ओपनिङ’ कार्यक्रम पनि तय भएको छ । तीनदिने ग्रान्ड ओपनिङ कार्यक्रम भव्य गर्ने तयारी पनि दि मुग्लान होटल एन्ड रेस्टुरेन्ट भक्तपुर शाखाले गरिरहेको छ ।

भक्तपुर शाखा दि मुग्लान रेस्टुरेन्टको छैठौं शाखा हो । यसका अस्ट्रेलियामा चारवटा र पोखरामा एउटा शाखा रहेको छ ।