रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभाग सदस्यमा समीर थापा

76

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको  केन्द्रीय सार्वजनिक मामिला विभागको  सदस्यको जिम्मेवारी समीर थापा क्षेत्रीले पाउनु भएको छ।

नेपाल लागु औषध उपचार तथा पुन स्थापना केन्द्रको महांसघको केन्द्रीय सचिव तथा सामाजिक अभियन्ता एवं चिर परिचित समाजसेवी समीर थापा क्षेत्रीलाई रास्वपाले सामाजिक मामिला विभागको सदस्यको जिम्मेवारी दिएको हो ।

महामन्त्री डाक्टर मुकुल ढकालको हस्ताक्षर भएको पत्रमा समीर थापा क्षेत्रीलाई केन्द्रीय सार्वजनिक मामिला विभागको सदस्य बनाइएको उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, पार्टीको नीति विधान र नियमावली अनुसार तपाईँलाई कार्यक्षमता र दक्षताको आधारमा केन्द्रीय सार्वजनिक मामिला विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्र हस्तान्तरण गर्नु भएको छ।