भक्तपुर पलासेमा बसको ठक्करबाट मोटरसाइकल सवार तिमिल्सिनाको मृत्यु 

176

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर १० पलासेमा बसको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ । साँगाबाट जगाती आउँदै गरेको बा २ ख ९४५४ नम्बर को भाडाको बसले विपरीत दिशा तर्फबाट आउँदै गरेको बा ७८ ३१५५ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ५४ वर्षीय मुकुन्द प्रसाद तिमिल्सिनाको मृत्यु भएको हो ।

घटनाका बस चालक दोलखा भीमेश्वर नगरपालिका वडा नं  ७  घर भई हाल काभ्रे बस्ने वर्ष ३५ को देहेन्द्र सिंह बस्नेतलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धम थप अनुसन्धान कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।