किन र कहिले देखि मनाईयो जात्रा किन छ त ? बिस्का बदनाम

192

सञ्जीब दुलाल
भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा मंगलबार दिउसो देखि शुरु हुँदै छ । स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।
भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्काः जात्रा सुरुवात हुन्छ । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।
नववर्षको आगमनसंगै शुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्रा आठ रात नौ दिन सम्म धुमधामका साथ भक्तपुरमा मनाइन्छ भने थिमीमा तीन दिन मनाईन्छ ।
जात्राको पहिलो दिन दिउसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्काः जात्रा शुरु भएको छ । बिक्रम संवत अनुसार सौर्यमासको आधारमा चल्ने बिस्काः
जात्रा बिःसीत ( नागनागिन म¥यो ) भन्ने भावका आधारमा लिच्छविकाल देखि यो जात्रा मनाउँदै आईएको छ ।
जात्राको ऐतिहाँसिक पक्षका सवालमा भने थिमीमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शव्द उल्लेख भएको पाइएको संस्कृतिविध एवं इतिहाँस विद पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन । उनका अनुसार भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्वजात्रा उल्लेख गरिएको छ । यस्तै भक्तपुरको राजदरवारमा नेपाल संवत ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालमा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख छ । हाल पनि तलेजुमा विस्काः जात्राको संकल्प स्वरुप पूजा अर्चना मा विश्वजात्राको उल्लेख गरिन्छ । श्रेष्ठ भन्छन् यी प्रमाणका आधारमा विश्वकेतु संस्कृत शव्द हो पछिल्लो कालखण्डमा नेवारी नामाकरण हुँदै बिसिका , बिस्क, बिक्का, हुँदाहुँदै हाल बिस्केट हुन पुगेको उनी सुनाउँछन् ।
श्रेष्ठका अनुसार यो जात्रा केवल विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतिकको रुपमा लिंगोमा फहराइने एकजाडी ध्वजामा साक्षात भैरव र भद्रकालीको भएको उनी बताउँछन् । हाल विभिन्न हल्लाका भरमा उक्त लिंगोमा फहराईने बि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क , बिस्का ,बिस्केत , बिस्का , बिस्केटआदी नाम चल्दै आएको छ तर इतिहाँस पल्टाएर हेर्ने हो भने बि को अर्थ हो पुरानो । यो पुरानो बर्षलाई अन्तय गर्दै नयाँलाई आगमनको प्रतिक भएको उनी बताउँछन् ।
प्यागोडा शैलीमा निर्माण गरिएको तीनतल्ले रथमा भैरवनाथ मन्दिरवाट ल्याएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरुप पुजाअर्चना गरी पाँचतल्ले मन्दिर प्राङ्गणवाट जात्रा बुधवार शूरु गरिएको छ । स्थानिय टौमढी क्षेत्रमा वनाइको तीनतल्ले भैरवनाथको रथ स्थानिय बासिन्दाहरुले रथको अगाडि पछाडि राखिएको डोरी तानातान गरेर क्वने (तल्लो) क्षेत्र र ठने (माथिलो क्षेत्र) तानेर जात्रा मनाइने चलन रहेको छ ।
सयौं स्थानिय वासिन्दाले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ आफ्नो टोलमा लैजान्न खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिलो टोलमा जहाँ लैजान सकिन्छ त्यस टोल विजयी भएको मानिन्छ ।
रथ तानातान गर्नुनै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानिय गःहिटी टोलमा पुयाए पछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा रहेको छ ।
नव वर्षको चार दिन अगाडि बुधवार चैत २८ गतेवाट शुरु भई २०७८ साल बैशाख ५ गतेसम्म ८ रात ९ दिनसम्म दिन सम्म जात्रा धुमधामका साथ मनाइन्छ ।
बिस्का जात्रा हेर्नाले शत्रुहरु नाश हुन्छन भन्ने धार्मिक मान्यता रहेको छ त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ ईतिहास विद पुरुषोत्तम लोचन श्रेष्ठ भन्छन् ।

किन छ त बिस्काः जात्रा बदनाम
भक्तपुरको सबैभन्दा लामो बिस्का जात्रा बिस्का जात्रा हो ।
भक्तपुरमा बिस्का जात्रा सुरु नहुँदै यस जात्राको क्रममा हुने ढुंगामुढा एवं झैझगडाको चर्चा बजारमा चल्ने गरेको छ । ढुंगामुढासँगै जात्राको क्रममा सर्वसाधारणको ज्यान समेत जाने भएकाले जात्रा सुरु संगै प्रहरी प्रशासनको टाउको दुःखाई पनि सुरु हुने गरेको छ । जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्नकै लागि प्रहरी प्रशासन महिनदिनअघि देखि विभिन्न तयारी गर्दै आउने गरेको छ ।
लिच्छवी काल देखि सुरु भएको जात्रा पछिल्लो क्रममा भने बदनाम हुँदै गएको संस्कृतिविधहरु बताउँछन । उनीहरुका अनुसार इतिहाँस पल्टाएर हेर्ने हो भने २०२५ साल देखि मात्र विस्का बदनाम हुँदै गएको पाईन्छ । किन छ त विस्का बदनम कसैसँग यसको जवाफ भने छैन । किन हुन्छ त झगडा भन्दा इतिहास विदहरु बताउँछन ।
रथ तनाईले पनि हुन्छ झगडा !
सबैको बुझाई भैरवनाथको रथ तलमाथि (थनेक्वने) गरी दुई समूहमा बाँडेर तान्ने गरेकाले आफूतिर रथ तान्न सक्ने समूहले ढुंगामुढा गर्ने भन्ने बुझाइ रहँदै आएको छ । तर यथार्थ यस्तो होइन । लिच्छवी काल देखि नै यसैगरि रथ तानिदै आएको छ यो नै यसको विषेशता हो ।
रिस साँध्न ढुंगामुढा
प्रहरी र प्रशासन अनी नगरपालिकाको यो जात्रामा प्रत्यक्ष रुपमा उपस्थिती भएपछि यसमा ढुंगामुढा पनि थपिएको उनीहरु बताउँछन। प्रहरी एवं ट्राफिक प्रहरीबाट पीडितहरूले बिस्का जात्राकै क्रममा आनो रिस पोख्ने सर्वसाधारणको भनाइ छ ।
मदक पदार्थ अत्यधिक सेवन
मादकपदार्थ सेवन गरेर जात्रामा सहभागी हुने कारण पनि ढुंगामुढा हुने बताउनेहरूको संख्या कम छैन । प्रहरी प्रशासनको बुझाइ पनि यही छ । जात्रामा नेपालभाषीहरुले भोज खाने एवं संस्कृति मान्ने क्रममा बढी जाँडरक्सी खाने हुनाले सामान्य विवादकै बीचमा ढुंगामुढा हुने गरेको प्रहरीको भनाइ रहँदै आएको छ ।
त्यसैले प्रहरी प्रशासनले जात्रा हुने क्षेत्रमा मादक पदार्थ बिक्री वितरणमा बन्देज लगाउँदै आएको छ । तर मापसे नगरि यो जात्रा नै मनाउन असंभव भएको स्थानिय बताउँछन् ।


कमजोर व्यवस्थापनले हुन्छ ढुंगामुढा
बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानेर सम्बन्धित ठाउँमा पुर्‍याउनु हो। अजंगको रथका चारवटा ठूला काठकै पाग्रा छन् । जुन केही दर्जन मान्छेको बलले हलचल गर्न हम्मे हम्मे हुन्छ। सयौं मान्छेले एकैबाजी एकै बलमा तानेमात्रै रथलाई गुडाउन सकिन्छ। फेरि साधारण बलले रथ तान्न सम्भव छैन ।
जति तान्दा पनि रथ टसमस नहुने र रथमा दर्जनौं अनधिकृत व्यक्ति चढ्ने भएकै कारण ढुंगामुढा हुने संस्कृतिकर्मी ओम धौभडेल दावी गर्छन्।
रथमा अनधिकृत मान्छे बसेपछि रथ तान्नेहरूलाई रिस उठ्छ’, उनी थप्छन, उनीहरूलाई रथबाट झार्न अगाडि जे भेटिन्छ त्यसैले हान्ने गरिन्छ। यसरी हानिएको वस्तुबाटै ढुंगामुढाजस्तो ठूलो घटनामा परिणत हुन्छ।’
त्यस्तै रथ तान्न प्रयोग गरिने डोरी चुँडिँदा पनि जात्रालुले आक्रोश व्यक्त गर्ने क्रममा हुने घटना ढुंगामुढासम्म पुग्ने स्थानीय बताउँछन्।
त्यसैले जात्रा व्यवस्थापनमा कमजोरी हुने गरेकाले ढुंगामुढा र झैझगडा हुने गरेको स्थानीयको भनाइ रहेको छ ।संवाहकको आरकाइभबाट