मध्यपुर थिमि नगरपालिकाद्वारा सहकारी अनुगमन शूरू

34

मध्यपुर थिमि। मध्यपुर थिमि नगरपालिकाले सहकारी नियमावली जारी गरिसकेपछि पहिलाे पटक आज वडा नं. ३ गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लि.काे स्थलगत अनुगमन गरेकाे छ ।  नगरउपप्रमुख तथा स्थलगत अनुगमन तथा समन्वय समितिका संयाेजक  बिजयकृष्ण श्रेष्ठकाे नेतृत्वमा गएकाे टाेलीले उक्त सहकारीकाे स्थलगत अनुगमन गर्दा सहकारीकाे  मुख्य ढाेकामा ताला लगाईराखेकाे र काेही पनि कर्मचारी एवं  पदाधिकारीहरू उपस्थिति नभएकाे पाईएकाे थियाे ।
नगरउपप्रमुख श्रेष्ठले साेही स्थानबाट केही पदाधकारीहरूलाई फाेन सम्पर्क गर्दा पदाधिकारीहरू एकआपसमा पन्छिन खाेजेकाे थियाे । सञ्चारकर्मीसंग कुरा गर्दै उपप्रमुख तथा संयाेजक श्रेष्ठले उक्त सहकारी लामाे समयदेखि सहकारी बन्द गरि सहकारीले  सदस्यहरूलाई पैसा फिर्ता दिन नसकेकाे ब्यापक जनगुनासाे आए पछि आज स्थलगत अनुगमन गरेकाे बताउनुभयाे । उहाँले उक्त संस्थाकाे यस अघि नै विभिन्न स्थानमा रहेकाे सम्पति समेत नगरपालिकाले राेक्का गरिसकेकाे भन्दै अब केही दिनपछि नगरभित्रका अन्य सहकारीहरूकाे पनि अनुगमन गर्ने तयारी भईरहेकाे बताउनुभयाे ।
नगरपालिकाका अन्तर्गत सहकारी शाखाका शाखा अधिकृत सुरेशकुमार राईले उक्त सहकारी संस्थाले करिव ९ सय बचतकर्ताकाे २७ कराेडभन्दा बढि रकम अपचलन गरि विगत ९ महिनादेखि सञ्चालकहरू सम्पर्कबिहिन भएकाे बताउनुभयाे ।
अनुगमन टाेलीमा स्थलगत अनुगमन तथा समन्वय समितिका सदस्यहरू प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा नं.३ का वडाध्यक्ष कृष्णहरि आचार्य, नगरसभा सदस्यहरू शेखर थापा मगर, मदनकृष्ण ख्या श्रेष्ठ, अरूणा कारंजित, सहकारीकर्मी केदार  खड्का, सुबरत्न मानन्धर, समितिका सदस्य सचिव अभयन्द्र रंजित, मध्यपुर पाेष्टका सञ्चारकर्मी रामकृष्ण शंखदेव, शाखा प्रमुख राई, प्रहरी बृत्त थिमिका उपेन्द्रकुमार यादव र भवानी पराजुलीलगायतका ब्यक्तिहरू रहेका छन् ।