बलराम प्यासी
भक्तपुर । एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरमा शुक्रबार आयोजना गरिएको एक साहित्यीक कार्यक्रम सकिने वित्तिकै कार्यक्रमस्थलमै ढलेका छन् ।
‘तीन सर्जकका तीन कृति’ सार्वजनिक गर्न सुर्यविनायकको थापा पार्टी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमको सभापति समेत रहेका नेता नेपाल ढलेका थिए ।

पार्किन्सनलगायत विभिन्न रोगको उपचार गराईराखेका साहित्यकार नेपाललाई कार्यक्रमस्थलमै अलि असहज महसुस भएको साहित्यकार जितेन्द्र रसिकले बताए ।

शुक्रबारको सो कार्यक्रममा जितेन्द्र रसिकको ‘युगको तेज’, गंगाप्रसाद उप्रेतीको ‘ताल र सुरका झंकार’ तथा तेजेश्वर बाबु ग्वंगःको ‘संस्कृतिका आयाम’ गरि तीनवटा कृति विमोचन गरिएको थियो ।
तस्वीर : हरिशरण लामिछानेको फेसबुक पेजबाट