नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७ बुँदे ज्ञापन पत्र 

71
भक्तपुर । नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
नगरमा शिक्षा सुधारका विभिन्न पाटाहरू समेटेर उनीहरूले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।
सार्वजनिक शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्न स्थानीय सरकालाई समेत आफ्नो कुल बजेटको न्यूनतम २० प्रतिशत अनिवार्य शिक्षामा विनियोजित गर्न आग्रह गरेका छन् ।
साथै उनीहरूले छात्रवृत्तिमा एक रुपता ल्याउन केन्द्रीकृत छात्रवृत्ति पद्धतिको विकास गर्नु पर्ने माग समेत गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले तपाईँहरूले बुझाउनुभएको माग अल्पकालीन तथा दिर्गकालिन छुट्टाएर तत्काल कार्यान्वयनको लागि अगाडी बढाउने प्रतिबद्धता दिएका थिए ।