कोन्ज्योसोमको आफ्नै स्थानीय पाठ्क्रम निर्माणका लागि सुझवा संकलन

33

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माणको गृहकार्य सुरु गरेको छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले आइतबार स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन गरेको हो ।
कक्षा ४ देखि ८ सम्मको विद्यालयको आफ्नै स्थानीय पाठ्यक्रम निर्माणका लागि स्थानीय सामाजेवी, शिक्षा तथा भाषा सेवी, वुद्धिजिवी, स्थानीय जनप्रतिनिधि लगायतका सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको कोन्ज्योसोम गाउँपालिकालो जनाएको छ ।
सहभागिहरुले स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्र, स्थानीय कृषि उत्पादन, तामाङ समुदायको भाषा लगायत विषय स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव प्रदान गरेको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी गाउँपालिका भित्रका सबै विद्यालयमा लागू गर्ने गरी स्थानीय पाठ्यक्रम निर्माणका लागि छलफल अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।