काठमाडौँ। शुक्रबारदेखि लगातार परिरहेको वर्षाका शनिवार दिउँसो काठमाडौँ महानगरपालिका -११ थापाथलीस्थित सुकुम्वासी बस्तीको लक्ष्मी यादवको घरमा बाढी पसेपछि सशस्त्र प्रहरीले ६ जनालाई नजिकैको सुरक्षित स्थानमा सारेको छ।
बाढी छिरेकोमा उक्त घरमा रहेका ६ जनालाई सशस्त्र प्रहरी निरीक्षक पुर्णिामा लिम्बुको टोलीले नजिकैको सुरक्षित स्थानमा सारेको हो। । तत्काल उद्धार गरिएकाले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।