काठमाडौं : लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि ७.५० प्रतिशत प्रतिफल घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले यस योजनाका इकाईधनीहरुलाई ७.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश प्रयोजनका लागि आज साउन १५ गते बुक क्लोज गरिने भएको छ । तसर्थ, साउन १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रतिफल पाउन सक्नेछन् ।