बालसुधार गृह भक्तपुरका बालाकहरुलाइ Advance Meditation Program सम्पन्न

25

भक्तपुर । UCEP Nepal सानोठिमि भक्तपुरको आयोजना र द आर्ट अफ लिभिङ्गको पुर्ण सहयोगमा बालसुधार गृह भक्तपुरका बालाकहरुलाइ Advance Meditation Program सम्पन्न भएको छ । मिति 2081/04 /11 देखि 14 सम्म जम्मा ४ दिन चलेको उक्त आवासीय मौन शिविरमा ४८ जना सहभागी थिए।

उक्त शिविरमा प्रशिक्षक रितिका लोहिया , काब्य लम्साल लगायत दि आर्ट अफ लिभिङ का अन्य प्रशिक्षक हरुले सहजिकरण गर्नु भएको थियो ।मुख्य प्रशिक्षक रितिकाको अनुसार गुरु‌देव श्री श्री रविशंकर द्वारा स्थापित द आर्ट अफ लिभिङको उद्देश्य हिसा मुक्त समाज, रोग मुक्त शरिर र तनाव मुक्त मन रहेको छ।
१८० भन्दा बढी राष्ट्रहरूमा यो अभियान सञ्चालन भइरहेको छ। एस्ता योग ध्यान शिविरले युबा , महिला र बालबालिकाहरुमा सकरात्मक सोच विकाश गरेर, विगत‌को घटनाको पश्चातापबाट निस्किदै, मन खालि हुने र यस्ता कार्यक्रमले उनिहरुमा उत्साह, उमंग, खुसीका साथ आउँदा दिनमा समाजमा फर्केर सामान्य तरिकाले जीवनलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुहुन्छ ।
कार्यक्रम सकिएपछि सुधार गृह भक्तपुरका बालक हरु ले आफ्नो अनुभव सुनाउने क्रम मा सहभागिले अनुभव सुनाउदै भन्नुहुन्छ म मनसिक रुपमा एकदमै तनाबमा वस्थे केहि गर्ने जोश जागर हुदैन थ्यो , र म के गरु कसो गरु भन्ने अवस्थामा पुगेको थिए र मर्ने सोच समेत बनाएको थिए तर अहिले यो शिविर गरिसकेपछि ममा नयाँ उत्साह, उमग, आनंद भएको महसुस गरेको छु । सकारात्मक उर्जा यो 4 दिनले म मा निकै भरेको छ ।

यसै गरी अर्को सहभागी भन्छन् यो शिविरले मेरो जीवनमा परिवर्तन भएको छ। म सबैभन्दा भाग्यमानी आफुलाई ठानेको छु। गुरुदेव श्री श्री रविशंकर गुरुसंग जोडिन पाएकोमा खुसी, महसुस भएको छ ।
अर्का एक सहभागी भन्छन – यहाँ धेरै कुरा सिक्न पाए। जीवनलाई अब सकारात्मक ढंगले अगाडि बढाउने र समाजमा गएर सेवा (अरूलाई सहयोग) गर्ने बताए।
UCEP Nepal सानोठिमि भक्तपुरकि उप निर्देशक शोभा भण्डारी ले यस समापन कार्यक्रम को प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नुभएको थियो। उहाले कार्यक्र्ममा बोल्दै, यो कार्यक्रमबाट भाईहरुमा आएको परिवर्तन देखेर निकै खुसी व्यक्त गर्दै यो ध्यान गर्ने अभ्यास निरन्तर गर्न सकेमा मात्र यसको वास्तबिक उद्देश्य पुरा हुने बताउनु भयो आफु र आफ्नो साथिको जीवन सुन्दर बनाउन मन छ भने निरन्तर सधानामा लाग्नु पर्ने कुरामा जोड दिदै यो 4 दिन सम्म अनभरत रुपमा दिनको 12/14 घण्टा खटेर कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएको मा दि आर्ट अफ लिभिङ को टिम लाइ बिशेस धन्यबाद ब्यक्त गर्नुभयो। आगामि दिनमा यस्ता कार्यक्रम अरु भाइ बहिनिहरुलाइ पनि दिन सके सकारात्मक परिबर्तन आउने मा आफु बिस्वस्त रहेको बताउनु भयो।नेपाल अधिराज्यभर रहेको 9 वटा बालसुधार गृह मध्ये 4 वटा मा भने बिगत लामो समय देखि युसेप नेपाल ले नै ब्यब्स्थापन गर्दै आइरहेको छ । भक्तपुरमा जम्म 252 जना बलबिज्याइकर्ता छन जसमा 39 जना बालिका छन ।