गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास

14
प्रेमचन्द्र झा
रौतहट । ग्रामीण उद्यम तथा  आर्थिक विकास परियोजना काठमाडौँको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ ।
ग्रामीण उद्यम तथा  आर्थिक विकास परियोजना काठमाडौँ को आर्थिक सहयोग दुई करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेको सो तीन तत्ले भवनको गौर नगर प्रमुख शम्भु साहले कृषि तथा पशु सेवा केन्द्र को एक कार्यक्रम बिच शिलान्यास गरेका हुन ।
सो कृषि प्रयोगशालाबाट माटो परीक्षण, पोखरीको पानीको परीक्षण, बिउको परीक्षण ,बाली तथा फलफूलमा लाग्ने रोग किराको परीक्षण, मल खाद परीक्षण हुने छ ।
पशु प्रयोगशालाबाट गोबर परीक्षण ,पशुको रगत तथा पिसाब परीक्षण पशुको शल्यक्रिया , कृत्रिम गर्भधारण, पशुको अल्ट्रासाउन्ड ,एक्स-रे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताए ।
सो भवन निर्माणका ठेक्का समझाैता सिएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौँ ले पाएका छन् ।  सो भवनका लागि दुई करोड ३० लाख ४०हजार रुपैयाँको समझाैता गरिएको हो ।
सो प्रयोगशाला भवनमा कोठा सङ्ख्या १० रहेकोमा २०८२ साल वैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ ।  । उक्त  भवनको भुईँ तल्लामा कृषि र पशुको  अत्याधुनिक ल्याब, पहिलो तल्लामा ५० जना अटने सभाकक्ष र दोस्रो तल्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।