भक्तपुरमा हाल सम्म १३ हजार ६ स  य ७७ उद्योग दर्ता 

18

भक्तपुर । भक्तपुरमा हाल सम्म १३ हजार ६ सय ७७ उद्योग दर्ता भएको साना तथा घरेलु कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार असार मसान्त सम्ममा ११ हजार ६सय ९२ वटा व्यक्तिगत  कम्पनी, १ हजार ३० वटा कम्पनी र ९ सय ५५ वटा साझेदारी कम्पनी दर्ता भएको हो ।

भक्तपुरमा कम्पनीको सङ्ख्या प्रति वर्ष बढ्दो भए पनि अद्यावधि गर्नेको सङ्ख्या भने निकै कम मात्र हुने गरेको समेत कार्यालयले जानकारी दिएको छ ।

वषैनी २ देखि ३ सयको हाराहारीमा उद्योग दर्ता हुने गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष ८०–८१ मा २ सय ७६वटा नयाँ उद्योग दर्ता भएको थियो । भने १ हजार १ सय ४९ वटा उद्योग मात्र नवीकरण भएका थिए ।

यस्तै वर्ष भरीमा ६६ नामसारी भएको २१ वटा ठाउँ सारी भएको तथा ७३ वटा उद्योगले पुँजी वृद्धि गरेको थिए भने १ सय ४२ वटा उद्योग खारेजीका लागि निवेदन दिइएको कार्यालयकी सूचना अधिकारी सरस्वती पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वाणिज्य तर्फ भने १ सय ६१ वटा नयाँ दर्ता भएका थिए भने ९ वटा नवीकरण भएको थियो साथै १६ वटा खारेजी भएका थिए र १३ वटा उद्योगले पुँजी वृद्धि गरेका थिए ।