लुथाँबुमा धिमे बाजा प्रशिक्षितलाई दीक्षित 

20

 

भक्तपुर । लुुथाँबु गणेश टोल सुधार समितिद्वारा धिमे बाजा प्रशिक्षितलाई दीक्षित गरिएको छ ।

प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लुुथाँबुुमा उनीहरूलाई दीक्षित गर्नुभएको हो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले धिमे बाजा दीक्षान्त विश्वविद्यालयको दीक्षान्त भन्दा ठुलो भएको बताउनुभएको हो ।

आफ्नो कला संस्कृति जगेर्ना गर्ने हेतुले सिकिएको सिप कुनै विश्वविद्यालयको डिग्री भन्दा पनि ठुलो भएको बताउँदै उहाँले यो सिपका कारण कालान्तर सम्म आफ्नो कला संस्कृतिको जगेर्ना हुनेमा आफू विश्वस्त भएको बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले कला र संस्कृति जोगाउनको लागि आयोजना गरिएको धिमे बाजा प्रशिक्षण उत्कृष्ट भएको बताउनुभएको थियो । उहाँले आफ्नो कला संस्कृति जोगाउनका लागि हरेक टोलले यस्ता प्रशिक्षणहरू गरिनुपर्ने बताउनुभएको थियो । उहाँले प्रशिक्षण लिई सकेपछि युवाहरूले हरेक जात्रा तथा परम्परामा बाजा गाजा सहित भाग पनि लिनुपर्ने उहाँको धारणा रहेको थियो । प्रशिक्षण लिने तर बाजा बजाउनुपर्ने अवस्थामा भने कोही नहुने कारणले पनि आफ्नो कला संस्कृति पछि परेको जात्रा परम्परा पछि परेको उहाँको धारणा थियो ।

धिमे बाजा प्रशिक्षण तीन वर्ष देखिएका बालबालिकालाई दिएको टोल सुधार समितिले जानकारी दिएको थियो ।