राशीफल

733
२१ जेठ २०७४, आइतवार ,दशमी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा विभिन्न अवसरहरु मिल्नेछन । जटिल काम सफल हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा केहि चुनौती देखा पर्न सक्छन । मनग्य धन आर्जन गर्ने अवसर मिल्नेछ । घरायसी काममा झमेला बढ्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययन अध्यापनमा प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो भेटघाटमा समय बित्नेछ । पहिलेको सफलताले काम गर्ने हौसला बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचेको आटेको काममा सफलता मिल्नेछ । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । बैदेशिक ब्यापारबाट प्रशस्त लाभ मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । रमाइलो लामो यात्राको योग रहेको छ । खर्च बढ्ने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रुहरु पराजित हुनेछन । सहयोगीहरूले साथ दिनेछन भने काममा सोचेजस्तै सफलता मिल्नेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक मानसम्मान मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन । साझेदारी काममा उल्झन आउने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलीको प्रभाव बढ्नेछ । मेहनतले सम्मानित ठाउँमा काम गर्ने अवसर मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनग्य धन कमाउने अवसर मिल्नेछ । बिछोडिएका परिवारसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । काममा आफन्तको सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रयासहरु सकारात्मक रहनेछन । नयाँ काम हात लाग्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । घरायसी काममा झमेला आउनेछ ।