प्रिमियम जर्मन वाच ब्रान्ड नोमोस आधिकारिक रूपमा भित्रियो

10

 

जर्मन लकजरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिक रूपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा. ली. ले नोमसलाई भाद्र १५ गते एक औपचारिक समारोह आयोजना गरी लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थित विक्री कक्षबाट नोमोसको विक्री तथा विक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्ट कृत गरेको छ । डिजाइनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाइनका रूपमा संसारभर ख्याति पाउन सफल भएका छन् । प्रिसाईज्ड टाइम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सार्बधिक रूपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्रान्ड हो । स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठुलो सफलता हासिल गर्ने थोरै ब्रान्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।

“नेपाली वाच कलेक्टरहरुले लामो समय देखी प्रतीक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाउँदा हामी निक्कै हर्षित भएका छौँ ।“ नेपाली बजारमा नोमसलाई आधिकारिक रूपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भन्नुहुन्छ, “यो आधुनिक पुस्ताले मन पराउने ब्रान्ड र डिजाइन हो । नोमसले आफ्नो ऐतिहासिक महत्त्व कायम गर्दै डिजाइनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।“ यहाँ स्मरणीय छ, अध्यक्ष शम्भुले सुरु गर्नुभएको स्विस टाईमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रूपमा तेस्रो पुस्तामा पुस्तान्तरण भइसकेको छ । तिन पुस्ताले सम्हालेको स्विस टाईमपिसेस् नेपालले विश्वभरका एक दर्जन प्रिमियम लक जरी वाच ब्रान्डलाई नेपाली बजारमा आयात तथा विक्री वितरण गर्दै आएको छ । दरर्वारमार्गमा रहेको स्विस टाईमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुम बाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाइन, फेड्रिक कन्स्ट्रक्सन जस्ता प्रिमियम लक जरी वाच ब्रान्डको विक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा ५२ वर्ष देखी अनवरत रूपमा विभिन्न ब्रान्डका लक जरी वाचहरुको विक्री वितरण गर्ने स्विस टाईमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिँदै आएको अतुलनीय विक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ । लक जरी वाचको खरिद विक्री, लक जरी वाचका सन्दर्भमा परामर्श तथा कलेक्टरहरु बिच रहेका जिज्ञासाहरूको समाधानमा देखाएको तत्परताले स्विस टाईमपिसेस् नेपाल आज नेपाली वाच बजारमा विश्वासनिय नाउँ बन्न सफल भएको हो ।