दशैको अवसरमा भक्तपुरमा व्यापार महोत्सव हुने 

17
भक्तपुर । विजया दशमीको अवसरमा भक्तपुरमा व्यापार महोत्सव हुने भएको छ ।
भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा भक्तपुर नपा १ सल्लाघारी स्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९ गते सम्म भक्तपुर सा“सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आयोजना हुने भएको आयोजकले जानकारी दिएका छन् ।
मेलाको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्लामा रहेका धार्मिक,  ऐतिहाँसिक तथा पर्यटकीय महत्वका स्थानहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउँदै यहाँका स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरूको बजारीकरणमा विशेष टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएका छन् ।
उत्पादनहरूको बजारीकरण र यहाँ“को व्यावसायिक सम्भावनाहरूको उजागर गर्नमा महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको आयोजकले जनाएका छन्  । महोत्सवमा विविध उत्पादन तथा सेवाहरूको अलग अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको छ । औद्योगिक उत्पादन र उपभोक्ताबिचको प्रत्यक्ष सम्बन्धमा सामीप्य अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ“ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पु¥याउने चेम्बर अफ कमर्सले जनाएको छ ।
महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरू, बिउ बिजन तथा मल खाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडीबुटी तथा औषधी, छालाका सामानहरू, गार्मेन्ट तथा जुत्ता चप्पल, गलैँचा तथा पस्मिना, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैङ्क तथा वित्तीय संस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी १५० भन्दा बढी स्टलहरू रहने चेम्बरका कविदास श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकुद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर बल्ब, मिकि माउस, ट्रेम्पोलिंग, स्कोर पियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।