कोन्ज्योसोमको शैक्षिक क्षेत्रमा उपलब्धी काम

28

ललितुर । कोन्ज्योसोम गाउँपालिकाले आ.व .२०८०-०८१ शैशिक्षक क्षेत्रमा उल्लेख्य कार्य गरेको छ । गाउँपालिकाको आ.व .२०८०-०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठिमा कार्यक्रममा प्रस्तुत गरिएको शैक्षिक प्रस्तुतीमा गाउँपालिकाले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्य गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । मासिक रुपमा शिक्षकहरुको तलव भत्ता निकाशा गर्ने कार्य सुरुवात गरिएको, विद्यालयहरुमा समयमै पाठ्यपुस्तक बापतको रकम निकाशा गरिएको, कक्षा आठको परिक्षालाई व्यवस्थित ,मर्यादित तवरले संचालन गरिएको, विद्यालयहरुमा दिवा खाजा बापतको रकम समयमै निकाशा गर्ने गरिएको, विद्यालयहरुमा विद्यालय संचालन तथा सम्पूर्ण ससर्त स्रोतबाट निकाशा गर्नुपर्ने रकम निकाशा गरिएको, प्रथम कोन्ज्योसोम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ् प्रतियोगिता सम्पन्न गरिएको, विद्यालयहरुमा छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै मगरगाउँ माविमा पुस्तकालय र श्री सरश्वती माविमा आइसिटी प्रयोगशालाको स्थपना कार्यक्रम सम्पन्न गरिएको, सिकाइमा भएको क्षति न्युनिकरणका लागि द्रुत सिकाइ योजना सम्बन्धी निर्माणात्मक परिक्षा संचालन गर्ने कार्य सम्पन्न गरिएको, १० विद्यालयहरुको इमिस फोकल पर्सनहरुलाई इमिसको क्षमता विकास तालिम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष कृष्ष्णमान लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको कक्षा १ देखि ३ सम्म अध्यापन भइरहेको तामाङ भाषाको अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई पुनर्ताजगी तालिम सम्पन्न गरिएको, गाउँपालिका भित्रका क्भ्भ् र द्यीभ् मा उत्कृष्ठ नतिजा ल्याउने विद्यालय शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत र सम्मानित गर्ने कार्यको सरुवात गरिएको, कक्षा ३ र कक्षा ५ को सिकाइ उपलब्धी परिक्षा संचालन गरिएको , इसिइसिको सहकार्यमा ६ वटा माध्यमिक विद्यालयका नेतृत्वकर्ता प्रअ ,विव्यस अध्यक्ष, शिक्षकहरुको क्षमता विकास तालिम सम्पन्न भएको, मगरगाउँ माविमा छात्राबास अनुदान उपलब्ध गराएको, विद्यालयमा संचालन हुने ३ वटै परिक्षा खर्च गाउँपालिकाले व्यवस्थापन गरिएको, प्रअहरुलाई प्रोत्साहन भत्ता गाउँपालिकाले उपलब्ध गराएको, गाउँपालिका भित्रका शैक्षिक क्रियाकलापलाई व्यवस्थित गर्न शैक्षिक क्यालेणंडर व्यवस्थापन गरिएको, गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।
गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लीजा) सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको हो ।
भदौ २४ र २५ गते गाउँपालिकाले गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।