भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भए 

174
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले क्यान्सर

अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भएको बताउनुभएको हो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवामा भएको बेथिति तथा कर्मचारीका समस्या समाधानमा आफू दिलो ज्यान भएर लाग्ने बताउनुभएको थियो । मन्त्री पौडेलले स्वास्थ्य सेवामा सुधारका लागि स्वास्थ्य बिमालाई कसरी पाँच लाखमा पुञ्याउने भन्ने विषयमा पनि छलफल जारी रहेको बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले स्वास्थ्य कर्मीका समस्या समाधान गर्न सके मात्र जनता पनि स्वस्थ हुने बताउनुभएको छ । उहाँले नेपालमा नै स्वास्थ्य सेवा राम्रो पाउने बताउँदै हामीले यही उपचार गर्ने वातावरण छ र यहाँ योग्य डक्टर पनि रहनुभएको छ जसलाई अझ मजबुत बनाउन यहाँ भएका समस्या समाधान गराउनु आवश्यक भएको उहाँको धारणा थियो ।
यस्तै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यका समस्या समाधान गर्न आफू डटेर लाग्ने बताउनुभएको छ । उहाँले स्वास्थ्यका विषयमा प्रदेशमा ऐन बन्दै गरेको छ समस्या मात्र हैन समाधानका उपाएका विषयमा पनि कर्मचारी युनियनले सरकारलाई सुझाउनुपर्ने उहाँको धारणा थियो । 
नेपाल स्वास्थ्यकर्मी युनियन द्वारा संविधान दिवस , विजया दशमी , शुभ दिवपालि , नेपाल सम्मत (११४५ , छठ र इद लगायतका चाडपर्वहरूको उपलक्ष्यमा  आयोजना गरिएको शुभकामना आदानप्रदान , उत्कृष्ट कर्मचारी सम्मान तथा चियापान कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचन ,निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश  अध्यक्ष श्रीराम लम्साल , युनियनका अध्यक्ष तथा प्रतिनिधिज्युहरु लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।