जमल विश्वज्वती महलमा राजा लण्ज एन्ड क्लब सञ्चालनमा 

640

काठमाडौँ । जमल विश्वज्वती महलको चौथो तलामा राजा लण्ज एन्ड क्लब सञ्चालनमा आएको छ । २४ सै घण्टा सेवा दिने उद्देश्यका साथ उक्त क्लब सञ्चालनमा आएको हो ।

काठमाडौँमा पार्किङको ठुलो समस्यालाई समाधान गर्दै यथेष्ट पार्किङको सुविधा सहित राजा लण्ज एन्ड क्लब सञ्चालनमा आएको छ ।

साँझ सात बजे देखि रातको दुई बजे सम्म लाइभ मिउजिकको मनोरञ्जन लिन सकिने यस क्लबमा विभिन्न कलाकारहरूले प्रस्तुतीकरण समेत राख्ने सञ्चालकले जानकारी दिएका छन् ।

लाइभ मिउजिकका साथै यहाँ आउने पाहुनाहरूलाई नेपाली र विदेशी खानाका विविध स्वादहरू पस्कने जमर्को क्लबले गरेको सञ्चालक राजकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्वादका खाना सहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन सकिन्छ जसले क्लबको माहोललाई अझै रमाइलो बनाएको छ ।

रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लण्ज एन्ड क्लबले स्थानीय युवाहरूका लागि एक नयाँ चहलपहलको स्थानको रूपमा विकास गर्न चाहेको अर्का सञ्चालक शैलेस श्रेष्ठले जानकारी दिनुभयो । क्लबको वातावरण र सेवाले जो कोहीलाई पनि अद्वितीय अनुभव प्रदानमा आफू विश्वस्त भएको श्रेष्ठले बताउनुभयो ।

क्लबको उद्घाटनले जमलमा नयाँ र रमाइलो स्थलको सिर्जना गरेको छ, भेटघाटको अर्को थलो तथा जन्मदिन एवं विभिन्न उत्सव तथा सेलिव्रेसनको उत्तम थलोका रूपमा राजा लण्ज एन्ड क्लब उत्तम थलो भएको सञ्चालकहरूले बताएका छन् । पर्याप्त पाकिङका कारण यो क्लब जो कोहीमा लोकप्रिय हुँदै गएको छ ।

सफ्ट लन्च भई सकेको यो क्लबको ग्राण्ड ओपनिङ भने छिटै हुने आयोजकले जनाएका छन् ।