दसैँमा जमघटको थलोको खोजीमा हुनुहुन्छ विश्वज्वती महलको राजा लन्ज एन्ड क्लबमा आउनुहोस् 

394

काठमाडौँ । दसैँको समयमा कामदार अभाव अन्य कारणले अधिकांश होटेल रेस्टुरेन्ट बन्द हुँदा सेवा ग्राहीले दुःख पाउने गरेका छन् । यसैलाई मध्यनजर गर्दै जमलको विश्वज्वती महलमा रहेको राजा लन्ज एन्ड क्लबले २४ सै घण्टा सेवा दिने भएको छ ।

दसैँको समयमा आफ्नो जन्म दिन मनाउन तथा साथीभाइ जमघटका साथ शान्त वातावरणमा लाइभ मिउजिकका अनि स्वादिष्ट परिकार साथै पार्किङको सुविधा एकै ठाउँमा उपलब्ध गराउँदै क्लबले दसैँको समयमा विशेष सेवा दिने भएको हो  ।

दसैँको समयमा अधिकांश होटेलहरू तथा क्लब बन्द हुने गरेको छ जसको प्रत्यक्ष असर सेवा ग्राहीलाई पर्ने गरेको हुनाले यो दसैँमा आफूहरूले भने २४ सै घण्टा सेवाका दिन लागेको सञ्चालक शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लन्ज एन्ड क्लबले स्थानीय स्वदेशी एवं विदेशी पाहुनाहरूको लागि एक नयाँ जमघटको थलोको विकास गरेको उहाँले बताउँदै उहाँले यो दसैँ तिहारमा तथा छठमा पनि सधैँ सेवा दिन आफूहरू तत्पर रहेको उहाँले बताउनुभयो । विभिन्न स्वदेशी एवं विदेशी खानाका साथ लाइभ मिउजिकको मज्जा लिँदै आनन्द लिन महानेहरुको लागि राजा लन्ज  एन्ड क्लब एक उपयुक्त स्थान भएको उहाँले बताउनुभयो । क्लबको वातावरण र सेवाले जो कोहीलाई पनि अद्वितीय अनुभव प्रदानमा आफू विश्वस्त भएको श्रेष्ठले बताउनुभयो ।

अन्य समयमा जस्तै दसैँ तिहार तथा छठमा पनि साँझ सात बजे देखि राती दुई बजे सम्म लाइभ मिउजिकको व्यवस्था सहित विभिन्न खानाहरूको मज्जा लिने उपयुक्त थलोका रूपमा यो क्लब सञ्चालनमा आएको अर्का सञ्चालक राजकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँका बिदाका दिनमा पनि क्लबमा विभिन्न स्वादका खाना सहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन सहिने उहाँले जानकारी दिनुभयो  ।

शाहका अनुसार क्लबमा जन्म दिन तथा विभिन्न ग्यादरिङका साथै पार्टी गर्न पर्याप्त स्थानका साथ सुविधा समेत रहेको छ ।

जन्म दिन मनाउन साथीभाइ गेट टुगेदर गर्न तथा अन्य भेटघाटका लागि आफ्नो सवारी साधनको पर्याप्त पार्किङ समेतको व्यवस्था रहेका कारण क्लब युवा तथा अन्य माझ निकै लोकप्रिय साबित भएको छ ।