वागमती र लाल बकैया नदिमा आएको वाढिले राैतहटमा गरेको क्षेतिको निरिक्षण गर्न पुर्वप्रधानमन्त्री नेपाल

21

प्रेमचन्द्र झा
राैतहट। पुर्व प्रधानमन्त्री एवम राैतहट एकका सासद माधव कुमार नेपालले वागमती र लाल बकैया नदिमा आएको वाढिले गरेको क्षेतिको निरिक्षण गरेका छन ।बुधबार दिउँसो ३ बजे गृह जिल्ला आई पुगेका नेता नेपालले गत अशाेज १२ गते बागमति नदिमा आएको बाढिले बाध तोडी घर तथा खेली बालिमा पुर्याएको क्षेतिको निरिक्षण गरेका छन । पुर्ब प्रधानमन्त्री नेपालले सर्व प्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मिपुर पुगेका थिए । बांधमा पुगेको क्षेती अब आफुले गर्नु पर्ने भुमिकाको बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसंग सुझाब लिएका थिए । वाधमा भएको क्षेती तथा खेती बालि हेर्ने क्रममा पुर्व प्रधानमन्त्री नेपाल गढिमाई नगरपालिकाका वडा नम्बर ६ का सिंगारमण र ७का पकाहा धर्मपुर पुगि स्थानीयले भोगेका सम्स्या तथा समाधानका उपाय बारे स्थानियसंग संवाद गरको नेकपा एसका नेता रेवन्त झाले बताए ।
यसैगरी विहिबार विहान बागमति नदि किनाराको माघवनारायण नगरपालिका र राजदेबी नगरपालिका तथा दुर्गा भगवति गाउपालिकामा भएको क्षेति तथा स्थानीय पिडितसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।
विहिबार नै पुर्व प्रधानमन्त्री नेपाल लाल बकैया नदिको बाढिले पुर्याएका क्षेति तथा राजपुर , परोहा , बाैथिमाई , माैलापुर ,देवाही गाेनाही र कटहरिया नगर पालिकाका स्थानीय वाढिपिडित जनतासंग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताए ।
पुर्वप्रधानमन्त्री नेपालसंग नेकपा एसका केन्द्रीय सदस्य तथा पुर्व सासद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव , गढिमाई नपा १का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रंजन यादव, नेकपा एसका नेता बिरेन्द्र साह सहितका नेता , जनप्रतिनिधि, स्थानीय जनता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।