अवैध हतियार सहित भक्तपुरबाट काभ्रेका तामाङ पक्राउ 

34

भक्तपुर । अवैध हतियार पेस्तोल सहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा बस्ने प्रेम तामाङलाई हतियार सहित प्रहरीले पक्राउ गरेको हो ।

उनले हतियार बोकी हिँडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा घर खानतलासी गर्दा निजले अवैध रूपमा लुकाई छिपाई राखेको पेस्तोल  सहित पक्राउ परेका हुन् ।

मेड इन युएसए लेखिएको १ थान पेस्तोल र तीन राउन्ड गोली लोड गरिएको अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनकारी दिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भई रहेको प्रहरीले जानकारी दिएको छ ।