ट्रम्पलाई जिताउन एलन मस्कले साढे ७ करोड डलर दिएको खुलासा

16

काठमाडौं । अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन अमेरिकी डलर चन्दाका रुपमा सहयोग गरेको खुलेको छ ।

आगामी नोभेम्बर ५ मा हुन लागेको निर्वाचनमा ट्रम्पको समूहलाई मस्कले मात्र साढे ७ करोड डलर दिएको त्यहाँको सार्वजनिक लेखा समितिलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अघिल्लो चुनावमा डेमोक्रेटिक पार्टीलाई भोट दिएको दाबी गर्दै आएका मस्क यसपटक रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको पक्षमा तन, मन र धनसहित संलग्न भएका छन् ।

उनले कमला ह्यारिसलाई कम्युनिष्ट भन्ने गरेका छन् ।