बालाखु गणेश साकोसको १७ औँ साधारण सभा सम्पन्न 

37

 

भक्तपुर । बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा भक्तपुर बैक्वेट इतापाखेमा सम्पन्न भयो । कार्यक्रमको  जिल्ला सहकारी सङ्घ लि. अध्यक्ष ध्रुव बहादुर रायमाझीले पानसमा प्रज्वलित गरी  उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले बालाखु गणेश बचत तथा ऋण सहकारी लि.को साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दै, बालाखु साकोस समुदायमा आधारित संस्था भएको र सञ्चालकहरू निःस्वार्थी छन् शेयर  सदस्यहरूले चिन्ता लिन पदैन भन्नुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का कोषाध्यक्ष कान्छा भक्त घजुले जिल्ला सङ्घले विभिन्न किसिमका तालिमको आयोजना गर्नुको साथै सहकारी ऐन नियम र सिद्धान्तअनुसार नचलेका सङ्घ संस्थाहरूलाई कारबाही गर्न आवाज उठाइरहेको छ ,भन्नुभयो ।

मित्र सहकारी संस्था ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले स्थानीय दाजु भाइहरूको नेतृत्व रहेको समुदायमा आधारित संस्थामा बचत गरे बचत र भविष्य सुरक्षित हुन्छ भन्नुभयो ।

कार्यक्रममा नेफस्कुनका प्रतिनिधि मन्दरा मिश्र, सल्लाहकार नयनसिंह धामी , कानुनी सल्लाहकार अनीश सुवाल , बाल मुकुन्द  सुवाल, बालाखु साकोसका सञ्चालक सचिव अनिल सुवाल, कोषाध्यक्ष राजेन्द्र सुवाल लगायतले संस्थाको गतिविधिबारे प्रस्ट पार्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभयो  ।  कार्यक्रममा बालाखु साकोसका अध्यक्ष  सीताराम सुवालको सभापतित्वमा सम्पन्न भएको थियो । साधारण सभामा  एसइई ,प्लस टु, स्नातक र स्नातकोत्तर उत्तीर्ण संस्थाका शेयर सदस्य र शेयर सदस्यका  छोराछोरीहरूलाई मायाको चिनो  मयुरको झ्याल उपहार दिई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता र ऋण कर्ताहरूलाई  पनि सम्मान गरिएको थियो ।