प्रगति युवा समाजद्वारा धन्यवाद ज्ञापन

10
भक्तपुर ।ताथलीमा सम्पन्न भिंतुना र्यालीलाई भव्य र सभ्य बनाउन सहयाेग गर्नेहरूलाई प्रगति युवा समाज, ताथलीले धन्यवाद ज्ञापन गरेकाे छ ।
समाजकाे आयाेजनामा नेपाल संवत् ११४५ काे अवसरमा कार्तिक १७ गते शनिबार चाँगुनारायण नगरपालिका वडा नं ९ मा भिंतुना र्याली आयाेजना गरेको थियाे । साेही र्यालीकाे सिंहावलाेकनसहित शुक्रबार समाजले गरेकाे धन्यवाद ज्ञापनमा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले समाजले गर्दै आइरहेको भिंतुना र्याली क्रमश: सुधाराेन्मुख हुँदै गइरहेको बताए ।
वडा अध्यक्ष त्यातले वडाकाे क्रियाकलापबारे जानकारी दिँदै समाजले ताथलीमा प्रगतिशील साहित्य र संस्कृतिकाे प्रवर्द्धनमा समेत भूमिका निर्वाह गर्न अनुरोध गरे ।
साेही कार्यक्रममा नेमकिपा ताथलीका संयाेजक एनबी न्हेम्हाफुकीले सामाजिक, सांस्कृतिक र अन्य क्रियाकलाप राजनीतिबाट विमुख नहुने उल्लेख गर्दै समाजलाई वैचारिक तवरले समृद्ध बनाउन युवाहरूले याेगदान दिनुपर्नेमा जाेड दिए ।
भिंतुना र्यालीका लागि आर्थिक, भाैतिक, नैतिक सहयोग गर्ने विभिन्न सङ्घ/ संस्था /सहकारी / खल:/ समूहलाई कदर – पत्र, टिसर्ट प्रदान गरिएको साे कार्यक्रममा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजु, सयपत्री साकाेसका अध्यक्ष हरिगाेपाल बासुकलाले कार्यक्रमकाे क्रममा विभिन्न कमीकमजोरी हुनुलाई आयाेजक समाजले स्वभाविक लिएर सुधार गर्दै जान अनुराेध गरे भने समाजसेवी कृष्णराम बासुकलाले समाजकाे आयाेजनामा हुने गतिविधिहरूमा महिला, पुरूष, बालबालिका सबैलाई समेटेर लग्न सुझाव दिए ।
कार्यक्रममा बाजा समूहकाे तर्फबाट ताथली धिमे खल: का अध्यक्ष विजयराम वनमालाले प्रगति युवा समाजले भिंतुना र्याली आयाेजना गरेर ताथलीमा सांस्कृतिक जागरण ल्याउन टेवा पुर्याएकाे उल्लेख गर्दै ताथलीकाे सांस्कृतिक पहिचानका लागि सबै लाग्नुपर्ने बताए ।
प्रगति युवा समाजका अध्यक्ष हरिसुन्दर छुकांले भिंतुना र्यालीका साथ विभिन्न क्रियाकलापमा सहयाेग गर्ने सबैलाई धन्यवाद दिँदै समाजका विभिन्न वर्ग, क्षेत्रका व्यक्तिहरूकाे सल्लाह, सुझावले समाजले आफ्नो गतिविधि अघि बढाइरहेकाे जानकारी दिए ।
साेही कार्यक्रममा समाजका संस्थापक अध्यक्ष विनाेद बासुकला, न्हुँ दँ र्याली ११४५ का संयाेजक जयकृष्ण न्हेम्हाफुकी र समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले समाज स्थापनाकाे पृष्ठभूमि र गतिविधिबारे जानकारी दिए ।
समाजकाे आयाेजनामा नेपाल संवत् ११४५ काे अवसरमा कार्तिक १७ गते शनिबार सम्पन्न भिंतुना र्यालीले ताथलीकाे गचा( साैडाेल चाेक), जयराम मार्ग, गाेठालेचाैर, ताथली पुल, वनमाला टाेल, राउत टाेल, वडा कार्यालय, बाला टाेल, तैकाबु, फैढाेका लगायतका स्थानकाे परिक्रमा गरेकाे थियाे ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवां, वडा अध्यक्ष गणेश त्यातले संयुक्त रूपमा उद्घाटन गरेकाे साे र्यालीमा प्रगति समूह, देवी सांस्कृतिक बाजा खल: माझी भैरव सांस्कृतिक बाजा खलः (धिमे खल:), खगाँ दाफा भजन खल:, वनदेवी बाजा खलः, आजु धिमे खल:, .ताथली धिमे खल:, तैकाबु गणेश सांस्कृतिक समूह, कार्यविनायक धिमे खल:, सयपत्री साकोस, एकाडोल टोल विकास संस्था, नवजागरण दम्पति बचत कोषका साथै विभिन्न विद्यालय, सहकारी तथा संस्कृतिप्रेमीहरूकाे सहभागिता रहेकाे थियाे ।