भक्तपुर । थी थी उपभोक्ता सहकारी संस्था लिको १५ औ वार्षिक साधारण सभा पूर्व जनप्रतिनिधि रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थालाई सृढृत गर्न हाल सम्म विभिन्न समयमा ९ वटा आयोग बनाए पनि ती सबै प्रतिवेदन कार्यान्वयनको सट्टा दराजमा थन्किएको बताउनु हुँदै भक्तपुर नगरपालिकाले नाफामुखी सहकारीलाई निरुत्साहित गरी समुदायमा आधारित सहकारीलाई प्रोत्साहन गर्ने नीति लिएको कारण भक्तपुर नगरपालिका भित्र सञ्चालनमा रहेको सहकारीमा खासै समस्या नभएको बताउनु भयो । साथै उहाँले करिब १३ वर्ष वडाध्यक्ष तथा १५ वर्ष निर्वाचित जनप्रतिनिधिको हैसियतले नगरपालिका रहँदाका नगरपालिकाले गरेका विभिन्न गतिविधिबारे जानकारी गराउँदै भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप सर्कलका कलेजबाट शिक्षित बिद्यार्थीहरु मध्ये ४० भन्दा बढी चिकित्सा क्षेत्रको कार्यालयमा जिम्मेवार तहमा बसेर काम गरिरहेको र ईन्जिनियरिङ्कका विद्यार्थीहरूले देश भरी आ आफ्नै जिम्मेवार निर्वाह गरी कार्य गरिरहेको जानकारी गराउँदै पुरानो युगले नयाँ युवालाई सेवा दिने नीति नगरपालिकाले लिएको कारण भक्तपुर नगरपालिका देश विदेशको लागि नमुना योग्य नगरपालिका भएको बताउनु भयो ।साथै भक्तपुर नगरपालिकाले यही २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सवमा पनि यस सहकारीको पनि साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि संस्थाका संस्थापक अध्यक्ष पशुपतिभक्त रायले संस्था स्थापना गर्दाको स्मरणहरू बताउँदै संस्थाले समय समयमा अतिरिक्त क्रियाकलाप गरी संस्थालाई जनमानस बिच परिचित गराउनु पर्ने सुझाव दिनुभयो ।साथै थी थी उपभोक्ता सहकारी संस्था उपभोक्ता मुखी भएको कारण संस्थाको उद्देश्य अनुरूप शेयर सदस्यहरूलाई विभिन्न क्षेत्रबाट सेवा दिन सके अझ यस संस्था प्रति आकर्षण बढ्ने बताउनु भयो ।
त्यसै गरी अतिथि एव संस्थापक उपाध्यक्ष माणिकबाबु ग्वंगले विगतमा सर्वसुलभ पसल सञ्चालन गरेको भएता पनि सो संस्थामा अधिकांश पदाधिकारी अवकाश प्राप्त भएको कारण शारीरिक रूपले सक्रिय हुन नसकेको कारण निरन्तरता दिन नसकेको बताउँदै अहिलेका कार्य समितिलाई पुन उपभोक्ता मुखी कार्यक्रम सञ्चालन गर्न सके संस्था स्थापना मर्म अनुसार हुने बताउनु भयो ।
कार्यक्रममा अर्का अतिथि खेल प्रेमी तथा पर्यटन व्यवसायी विनोद चरण रायले यस सहकारीको नाम अनुसार थी थी अर्थात् थरी थरीका व्यक्तिहरू यस कार्य समिति रहेको कारण यस संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्दै यस संस्थाका शेयर सदस्यलाई सहकारी मार्फत दिने सेवा सुविधामा आफूले पनि सक्दो सहयोग गर्ने बताउनु भयो भने खेल क्षेत्रमा लागेर विभिन्न क्षेत्रबाट आफूलाई सम्मान पाउँदा आफूलाई खेलाडी आफूलाई गर्व लागेको बताउनु भयो ।
त्यसै गरी प्रबन्धक प्रेम खर्बुजाले संस्थाका शेयर सदस्यहरूले उत्पादन गरेका वा आफूले गर्ने व्यवसाय बारे शेयर सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले संस्थामा एउटा प्रदर्शनी कक्ष बनाउन लागेको हुँदा शेयर सदस्यहरूको व्यवसाय प्रवर्द्धन गर्न सो कक्ष सदुपयोग गर्न अनुरोध गर्दै भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको भक्तपुर महोत्सव एउटा अवसरको रूपमा लिनु पर्ने र सबैले आ आफूमा भएको प्रतिभा देखाउने सुवर्ण अवसर भएको कारण महोत्सवमा सबैले साथ सहयोग गर्नुपर्ने बताउनु भयो ।