कीर्तिपुर : कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

217
कीर्तिपुर नगरप्रमुख पदका उम्मेदवार क्रमशः नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का सुरेन्द्र मानन्धर र नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जन ।

काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । भर्खरै मात्रै कीर्तिपुरको मतगणना सकिएको हो ।

निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।

माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।