ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज १२ र १३ गते गएको अविरल बर्षा तथा बाढीपहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनःस्थापनका लागि गाउँपालिकाले शिक्षक र कर्मचारीहरुले दुई दिन बराबरको तलब प्रकोप कोषको खातामा जम्मा गरेको छ ।
गाउँ कार्यपालिकाको सदस्यहरु मध्ये पुरुषले मासिक सुविधाको ५० प्रतिशत र महिलाले २५ प्रतिशत शिक्षक र कर्मचारीले दुई दिन बराबरको तलब गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । उक्त कोषमा कर्मचारीको तर्फबाट दुई लाख ३० हजार ८६१ र जनप्रतिनिधिको तर्फबाट एक लाख ४४ हजार ३०० रुपियाँ जम्मा भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा कृषि क्षेत्रमा हालसम्म सङ्कल्न भएको डेटा अनुसार खेतबारी पूर्ण रूपमा क्षति १,०९४ रोपनी , आंशिक क्षति २०५ रोपनी गरि जम्मा १,२९९ रोपनी जग्गा क्षति भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । कृषकहरुले भण्डारणमा नै राखेको क्षति भएको अन्नबाली ७,६५० के जि मकै, १,१३० के जि धान, भट्मास २०० के जि, ३१८ के जि फापर, ९६० के जि तोरी , ३०० के जि तरकारी गरि अन्य फलफूलको बोट समेत नस्ट भएको गाउँपालिकाले आफ्नो अफिसियलि फेसबुक पेजमार्फत यस अगाडि नै सार्वजनिक गरिसकेको छ ।
त्यस्तै गाउँपालिकामा खेतबारीमा नस्ट भएको बालिमा १,९४,२३० के जि (काउली, बन्दा, प्याज, लसुन,साग,मुला,काक्रो ,फर्सि) बराबरको तरकारी बाली नस्ट भएको छ । जुन दसैंमा बेच्नको लागि तयार अवस्था राखिएको स्थानीय किासनहरुको भनाइ छ ।
अन्नबालिमा धान ५०० के जि बराबरको, मकै १,०३० के जि, तोरी ५,५,५२ के जि बराबरको बाली बाढिपहिरोले बगाएको गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।