ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज १२ र १३ गते गएको अविरल बर्षा तथा बाढीपहिरोबाट भएको क्षति र हालसम्म भएको विपत व्यवस्थापन कार्यको समिक्षा गर्ने भएको छ ।
मंसिर २५ गते विहान ११ बजे गाउँपालिकाको सभाहलमा विपत व्यवस्थापन कार्यको प्रगति समिक्षा कार्यक्रम हुने भएकाले सहभागिताका लागि गाउँपालिकाले सबै सरोकारवालाहरुमा आग्रह गरेको छ ।
शुक्रबार गाउँपालिकाले सूचना जारी गरी समिक्षा कार्यक्रममा सहभागि हुन सबैमा आग्रह गरेको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाले विपत पछिको पुनःनिर्माण कार्यका लागि शिक्षक र कर्मचारीहरुले दुई दिन बराबरको तलब प्रकोप कोषको खातामा जम्मा गरेको छ । त्यस्तै गाउँ कार्यपालिकाको सदस्यहरु मध्ये पुरुषले मासिक सुविधाको ५० प्रतिशत र महिलाले २५ प्रतिशत सुविधा कोषमा निर्णय यस अगाडि नै गरिसकेको छ ।