च्वाप्वगुँथें तुथुगु योमरी बोलको सांस्कृतिक गीत लोकार्पण 

15

भक्तपुर । च्वाप्वगुँथें तुथुगु योमरी बोलको सांस्कृतिक गीत लोकार्पण भएको छ । भक्तपुरमा एक कार्यक्रमका बिच सांस्कृतिक गीत लोकार्पण भएको हो । नेवारहरूको मौलिक खानामा पर्ने योमरी पूर्णिमाको सङ्घार मा धेरैको मुखमा झुन्डिएको परिकार योमरी सम्बन्धी मार्मिक गीत लोकार्पण भएको हो ।

गीतमा योमरी कसरी बनाइन्छ भन्ने विभिन्न तौरतरिका छायाँङन गरिएको छ ।

यस्तै गीतमा नयाँ पुस्ताले भुल्दै गएका पतासी ल्होमा, फोसी, दालुचा, हासा, जहीचा जस्ता मौलिक सर सामग्रीको अवलोकन तथा प्रयोग देख्न सकिन्छ ।

सरल शब्द संयोजनको गीतमा कला संस्कृति झल्कने पहिरन तथा सामग्रीहरूको प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ ।

गीतका रचना कृष्ण प्रसाद दुमरुले गर्नुभएको हो भने भजन गीतमा आवाज भने मैया किशोरी कुस्मा कोजु, ईश्वरी चौगुठी, सूर्यलक्ष्मी ग्वाछा, कान्छी छाजुको रहेको छ ।

भिडियोको कोरियोग्राफर भने पत्रकार एवं कोरियोग्राफर राजाराम नापितले गर्नुभएको हो । यस्तै गीतको भिडियो सम्पादन भने प्रभास दैलेखिले गर्नुभएको हो ।