इनरुवा, सुनसरी: अग्रज पत्रकार राजन निरौलाको ६० वर्षको उमेरमा निधन भएको छ। इनरुवा नगरपालिका-३ निवासी निरौला ब्लाष्ट टाइम्सका संवाददाता भएर तीन दशकदेखि पत्रकारिता गरिरहनुभएको थियो।
निरौलाको निधन मस्तिष्कघातका कारण भएको हो। भारत भ्रमणको क्रममा मस्तिष्कघात भएपछि उहाँलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको थियो। त्यसपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचार गराइएको थियो। तर, स्वास्थ्यमा सुधार नआएपछि घर ल्याइएका निरौलाको शनिबार बिहान निधन भएको हो।
उहाँको निधनले पत्रकारिता क्षेत्रलाई ठूलो क्षति पुगेको छ। सहकर्मी पत्रकारहरू शोकाकुल छन्। उहाँ आफ्नो परिवारमा श्रीमती, एक छोरा र एक छोरीलाई छाडेर जानुभएको छ।