काठमाडौँ । भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजना पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने भएको हो ।
महोत्सवको मुल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।