सयपत्री साकाेसकाे १८ औं वार्षिक साधारणसभा सम्पन्न

102

भक्तपुर । भक्तपुरको ताथलीस्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे साैडाेलमा वि.सं. २०६३ सालमा स्थापित साे सहकारी संस्थाकाे उक्त साधारणसभा शनिबार सम्पन्न भएको हाे । साधारणसभाकाे उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं.१ का सङ्घीय सांसद प्रेम सुवालले गरेका थिए ।
कार्यक्रममा सांसद सुवालले सहकारीले समानता कायम गर्ने गतिविधि गर्न सुझाव दिए । उनले सहकारीले देशविदेशका सामयिक घटनाबारे अन्तरक्रिया सञ्चालनका लागि समेत अनुरोध गरे । साे क्रममा उनले शिक्षा सुधारका लागि शिक्षकहरूले पहल गर्नुपर्ने, महिला शिक्षालाई प्राथमिकता दिनुपर्ने, अन्धविश्वास हटाउने क्रियाकलापलाई जाेड दिनुपर्ने चर्चा गरे ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातले ताथली बालमैत्री वडा भएकाले साे अभियानलाई दीगो बनाउन, सरसफाइ अभियानलाई सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सदस्य कृष्णश्वरी प्रजापतिले संघमा २०३ वटा प्रारम्भिक सहकारी संस्थाहरू आवद्ध भएकाे जानकारी दिइन् । उनले सहकारीलाई व्यवसायीकरण गर्न जाेड दिइन् ।

कार्यक्रममा सहकारीका सचिव सत्यराम थुयाजूले आर्थिक वर्ष २०८०/ ८१ काे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सयपत्री साकाेस चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८० बाट पुरस्कृत भएकाे जानकारी दिए । त्यस्तै कार्यक्रममा सहकारीका काेषाध्यक्ष रामप्रसाद मचामसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक साधारणसभा सम्बन्धी सूचनाआर्थिक वर्ष २०८०/८१ मा सहकारीले २ कराेड ९७ लाख ५३ हजार २५८ रूपैयाँ आम्दानी गरेकाे जानकारी दिए । सहकारीका अध्यक्ष हरिगाेपाल बासुकलाले आर्थिक विषमताले ल्याएका विभिन्न समस्याहरूका बीच पनि सयपत्री बचतले सुरक्षित आर्थिक गतिविधि गरिरहेकाे जानकारी दिए । उनले सुरूमा १३६ जना सेयर सदस्यबाट सुरू भएको सहकारीमा हाल ९९३ जना सेयर सदस्यहरू पुगेको बताए ।

कार्यक्रममा विभिन्न मित्र सहकारी संस्थाका प्रतिनिधिहरूले सहकारीको वार्षिक साधारणसभाकाे शुभकामना व्यक्त गरेका थिए । साे कार्यक्रममा सहकारीका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेका थिए ।

– हरिसुन्दर छुकां/ ताथली