एमपक्स (MpoX) रोकथाम र नियन्त्रणका उपायहरु

26

एमपक्स (MpoX) रोकथाम र नियन्त्रणका उपायहरु

एमपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो ।

१. एमपक्स रोग कैसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट सर्छ :
१) घाउ खटिरा-बिमिराको सम्पर्कबाट
२) शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, यालको सम्पर्कबाट
३) भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट
४) सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्‌यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।
निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः
• काटिएको, बिमिरा वा फुटेको छाला
• आँखा, नाक वा मुख
• श्वासनली

२. एमपक्स रोगका लक्षणहरु के के हुन् ?

• ज्वरो आउनु
• सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
• डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
• टाउको, ढाड र मांसपेशी दुख्नु
• शरीरका ग्रन्थिहरु बढ्नु
यस्ता लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
३ एमपक्स रोगका सम्भावित जटिलता

• आँखामा सङ्क्रमण र दृष्टि गुम्नु
• अन्य जीवाणुको सङ्क्रमण
• निमोनिया
• मस्तिष्क ज्वर
• गर्भ खेर जानु
• मृत्यु

४ एमपक्स रोगका राकयामका उपायहरु
• एमपक्सको शङ्‌का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
• सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
• सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पुर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने
• घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
• नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने
• सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी, साबुन वा डिटर्जेन्टले धुने
• एमपक्सको संक्रमण पुष्टी भई विरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने

५ एमपक्स रोगका रोकथामका उपायहरु
• सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले पीसीआर परीक्षण गर्ने
• स‌ङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने
• मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
• फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने
• यस सम्बन्धी विस्तृत जानकारी निःशुल्क कल सेन्टर १११५ मा फोन गरेर लिन सक्नुहुनेछ ।